जापानमा विदेशी कामदार कोटामा तीन गुणाले वृद्धि हुने -


Japanese-worker-007जापान सरकारले विदेशी कामदार सख्यामा भण्डै तीन गुणाले वृद्धि गर्ने भएको छ । हालै बसेको मन्त्रिपरिषद वैठकले वार्षिक एक लाख ५० हजार विदेशी कामदार भित्राउने महत्वकांद्दी योजना पारित गरेको हो । कोटासंगै कामदारको भिषा अवधी समेत थपगरि तीन वर्षबाट ५ वर्षगर्ने जनाएको छ ।
यसले जापानमा घटदो कामदारको अवस्थालाई पूर्ति गर्नु मद्दत पुग्ने अनुमान गरिएको छ । संगै आगामी दिनमा भित्राउने विदेशी लगानीलाई समेत यसले थप प्रोत्साहन पुग्ने जनाएको छ । कार्य दक्षता तथा जापानी भाषामा ज्ञान भएको जो कोहीले पनि सहज रुपमा कामका लागि आवेदन दिनसक्ने नीति भएको दावी गरिएको छ ।
२०१५को फेव्रुअरी महिना देखि लागूहुने गरि पारित गरिएको निणर्यले पुरानो दायरालाई थप गर्दै केही कामको सूचि समेत बढाइएको छ । विदेशी कामदारलाई अब एक सय २७ वटा काममा प्रवेशआज्ञा मिल्ने छ । यस अघि सो सख्या एकसय २६ वटा थियो । नयाँ नीति अनुसार नयाँ कामदारले जापान प्रवेश लगत्तै प्रशिक्षार्थीका रुपमा अनुमति पाउने छन । एक वर्षको प्रशिक्षार्थी कामको मुल्याङकन आधारमा कामदारको प्रमाणपत्र र भिषा जारी गरिने जनाइएको छ ।
अघिल्लो साता बसेको मन्त्रिपरिषदको वैठकले लामो समयदेखि छलफलमा रहेको दक्ष कामदार भित्राउने कार्यक्रमलाई नयाँ निर्देशिका सहित पारित गरेको हो । पारित निर्देशिकाले न्यूनतम ३० जना कामदार भएको कम्पनीमा तीन जनासम्म विदेशी नागरिकलाई कामदारको रुपमा भित्राउन पाउने अनुमति दिइने छ । यस अघि ५० जनामा तीनजना मात्रले काम गर्न पाउने प्रावधान थियो ।
दश हजार नेपाली भित्रन सक्ने
नयाँ नीतिले चीन, भियतनाम, थाइल्याण्ड, फिलिपिन, ईण्डोनेशिया, ताईवान लगायतका मुलुकका कामदारलाई प्रत्यक्ष फाईदा पुग्ने जनाइएको छ । यसैगरि नेपाल, वंगलादेश, श्रीलंका लगायतका मुलुकबाट समेत नयाँ कामदार थप्ने प्रक्रिया शुरु भएको नेपालबाट जापानमा कामदार पठाउर्दै आएको एसिया फ्रेण्डसिप एसोसिएसनका अध्यक्ष अनोज शाक्यले नेपाल जापान डटकमलाई बताउनु भयो ।
हालसम्म करिव पाँच सय नेपालीहरु प्रशिक्षार्थी कामदारका रुपमा प्रवेश गरि कार्यरत रहेको शाक्यले बताउनु भयो । उहाँका अनुसार जापानको विभिन्न कम्पनीहरु मध्ये कृषि, वेल्डीङ, प्लम्विङ, सिकर्मी, डकर्मी सहित निमार्णका काममा दक्षता भएकाहरुलाई जापान प्रवेश सहज हुनेछ । नयाँ नीतिले करिव १० हजार नेपालीले दक्षताका आधारमा जापानमा प्रशिक्षार्थीका रुपमा प्रवेश पाउनसक्ने अनुमान गरिएको छ । जापानमा जापानी भाषामा दखल राख्नेहरु मध्ये आईटी, ईन्जिनियरिङ लगायतका प्राविधिक क्षेत्रमा नेपालीहरुलाई कामदारका रुपमा प्रवेश सहज थियो ।
जापानमा हाल २९ हजार कम्पनीमा विदेशी कामदार कार्यरत छन । जस मध्ये सवैभन्दा वढी एक लाख ५० हजार चिनियाँ कामदार रहेका छन । कुल विदेशी कामदार सख्याको १ दशमलव ५ प्रतिशत मध्ये नेपाली कामदार पर्ने भएपनि आगामी दिनमा सो सख्यामा सुधार आउने जनाइएको छ । नेपाली कामदार अन्य देशको भन्दा ईमान्दार र मेहनती हुने जापानी कम्पनीहरुले बताउदै आएका छन ।






प्रतिक्रिया दिनुहोस्...