२ करोड ७७ लाख पर्ने सबैभन्दा महंगो मोटरसाईकल


'मोटरसाईकल बनाउन ४ बर्ष लाग्यो
एजेन्सि, फागुन ७
स्वीट्जरल्याण्डको मोटरबाइक उत्पादक कम्पनी फेलोइन मोटरसाइकल्सले फेलाइन वान नामको 
मोटरसाइकल बनाएको छ। यो मोटरसाइकल अहिलेसम्मकै महँगो मानिएको छ। यो मोटरसाइकलको सुरुवाती मूल्य दुई लाख ८० हजार डलर अर्थात दुई करोड ७७ लाख रुपैयाँ पर्नेछ।
फेलाइन वानमा कार्बन, टाइटेनियम, एयरोस्पेस आल्मुनियम तथा उच्च गुणस्तरीय छाला प्रयोग गरिएको छ। कम्पनीका अनुसार यो मोटरसाइकल बनाउन चार वर्ष समय लागेको छ।
यो मोटरसाइकलको डिजाइनर याकौबाका अनुसार  फेलाइन वान मोटरसाइकलमा आठसय सिसी पावर इन्जिन जडान गरिएको छ। ६ स्पिड गियर बक्स रहेको मोटरसाइकल एकसय ७० बिएचपीको पावर आउटपुटयुक्त रहेको छ।
आठसय सिसीको यो मोटरसाइकलको कूल तौल एकसय ५५ किलोग्राम रहेको छ। यो मोटरसाइकलको सुरुवाती मोडल आउँदो वर्षको सुरुमा आउने अनुमान गरिएको छ। मोटरसाइकलको ‘युनिकनेश’ बचाइराख्न कम्पनीले सुरुमा जम्ममा ५० वटा मात्रै मोटरसाइकल बनाउने भएको छ। 




प्रतिक्रिया दिनुहोस्...