‘जंगे हुन खोज्ने कांग्रेस–एमालेलाई महाजंगे जनताले ठेगान लाउँछन्’
फोटो :फाइल फोटो
काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलले थालेको संविधान निर्माणको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने घोषणा गरेका छन् ।
३० दलीय मोर्चाको काठमाडौंको खुलामञ्चमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रक्रियामार्फत थालिएको संविधान निर्माणलाई नौटंकीको संज्ञा दिए ।
‘प्रक्रियाको कथित नौटंकी, जनविरोधी र राष्ट्रघाती प्रक्रिया नसच्याएसम्म वार्ता हुँदैन’, प्रचण्डले भने, ‘गल्ती सुधारी संवाद समितिको बाटो जान तयार भए वार्ता हुन्छ । यदि त्यसो नगर्ने हो भने परिणाम भोग्न तयार हुनुहोस् ।’
कांग्रेस–एमालेका नेताहरु जंगबहादुर बन्ने बाटोमा अघि बढेको आरोप लगाउँदै प्रचण्डले उनीहरुलाई जनताले ठेगान लाउने बताए । ‘जंगे हुन खोज्नेलाई जनताले महाजंगे भएर ठेगान लाउँछन्’, प्रचण्डले भने, ‘यो आन्दोलनलाई कम्जोर ठानियो भने हामी जिल्ला जिल्लामा आन्दोलनको आँधीबेहेरी उठाएर देश कब्जा गर्छौं ।’
‘जंगे’ शव्द उच्चारण गर्दैै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति कटाक्ष समेत गर्न भ्याए । ‘माधव नेपालले लखनउ र सिलगुढी धाएको कुरा केपी ओलीले याद गरुन्’, प्रचण्डले भने, ‘नेता नेपाल सँगको वार्ता र संवादपछि भएका सम्झौतालाई कांग्रेस–एमाले अन्य नेताहरुले सम्झिउन् ।’
पहिलो संविधानसभामा साना दल बनेका कांग्रेस–एमालेका नेताले फुक्र्याएपछि आफू मख्ख पर्दा कुरो विग्रेको प्रचण्डको भनाइ थियो । ‘उनीहरु साना हुँदा तपाईं नै महान भनेर मख्ख पर्दा कुरा विग्रयो’, प्रचण्डले भने, ‘अब म मर्न तयार छु तर कुनै हालतमा झुक्न
चहान्न ।’
सहमतिबाट संविधान निर्माणका लागि वार्ताको वातावरण बनाने बल कांग्रेस–एमालेकै कोर्टमा रहेको बताउँदै उनले कांग्रेस–एमालेले ‘कथित’ बहुमतीय प्रक्रिया खारेज गर्न अटेर गर्दा अहिलेको राजनीति जटिलता आएको जिकिर गरे ।
‘हेप्नुको पनि एउटा सीमा हुन्छ नि । भरे मिडियाले के भन्छन् मलाई सुन्न रहर छ’, आफूहरुलाई साना दल भनिएको प्रति इंगित गर्दै प्रचण्डले भने, ‘यो खबरदारी सभालाई केही होइन भन्ने हो भने हामी जिल्ला कब्जा गरेर देखाइदिन्छौं । त्यसपछि कांग्रेस–एमालेको चेत खुल्ने छ ।’