श्रीमान्लाई विदेश पठाएर फेसबुकमा अर्कै केटासँग लभ गर्दा…
उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो । आर्थिक समस्यापछि उनले श्रीमानलाई वैदेसिक रोजगारमा पठाइन् ।
यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया विमला रार्इको । श्रीमान् वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाण्डुमै व्यवसाय गर्दे काकाकाकीसँगै बस्न थालिन । फेसकुबक चलाउन सिकिन । त्यही फेसबुकबाट उनी प्रेममा परिन् र झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।
भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाण्डुबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो ।
‘हाम्रो एक वाषर््अघि फेसबुकबाटै परिचय भएको थियो’, माइती नेपालको कक्षमा विमलाले भनिन्, ‘दुई÷तीन महिनासम्म दिनहुँ कुराकानी हुन थालेपछि उसले नै प्रेमप्रस्ताव गरेको थियो ।’
विमलाले ती युवकलाई फेसबुकमा बाहेक अन्त कतै देखेकी थिइनन् । तर प्रेमले अन्धो बनाएपछि उनी कहिल्यै नदेखेको व्यक्तिले बोलाउँदा घर छोडेर हिँडिन् ।
कान्तिपुर दैनिकबाट