मदर टेरेसा जवानीमा यस्ती थिइन्


फोटो :फाइल तस्‍बिर
काठमाडौं: पछिल्ला केही दिनमा सामाजिक सञ्‍जालमा एक श्‍यामश्‍वेत तस्बिर निकै लोकप्रिय बनेको छ र धेरैले यो शेयर गरेका छन्। 
 
त्‍यो तस्बिर अरु कसैको नभएर सामाज सेवामा आफ्‍नो जीवन समर्पण गरेकी  नोबेल पुरस्कार विजेता मदर टेरेसाको हो। उनी जवानीमा निकै राम्री, स्मार्ट,निडर र साहासी भएकीले सामाजिक सञ्‍जालमा उनको त्‍यो तस्बिर धेरै शेयर र चर्चाको विषय बनेको हो।
उनको यो तस्बिर सामाजिक सञ्‍जालमा भाइरल भएको छ। सो तस्बिर सन १९३० को दशकमा लिइएको हो जब मदर टेरेसा १८ वर्षकी युवती अवस्थामा थिइन।  सन १९१० मा मेसिडोनियामा जन्‍मेकी मदर टेरेसा १८ वर्षकै उमेरदेखि नै रोमन क्‍याथलिकमा नर्स बन्‍ने निर्णय लिएकी थिइन। 

मदर टेरेसाले १८ वर्षको उमेरमा खिचाएको तस्बिर।
उनले सन १९५० मा कुष्ट रोग तथा टीवी लागेका बिरामीको हेरचाह गर्नुका साथै साहाराविहीनहरुको सेवा गर्नका लागि भारतमा आफ्‍नो संस्था स्थापना गरेकी थिइन। 
 
उनले स्थापना गरेको सो संस्था १ सय ३३ देशमा सामाजिक सेवामा कार्यरत छ। यही सामाजिक कामको मूल्‍याकंन गर्दै उनलाई सन १९७९ मा नोबेल शान्‍ति पुरस्कार प्रदान गरिएको थियो। यसको १८ वर्षपश्‍चात उनको सन् १९९७मा निधन भएको थियो। -एजेन्सी






प्रतिक्रिया दिनुहोस्...