यात्रुबस जुध्दा दुई यात्रुको ज्यान गयो, २६ घाइते
फोटो :मोरङमा भएको दुर्घटनामा क्षतिग्रस्त भएको यात्रु बस । तस्बिर सौजन्य : चन्दन रौनियार
मोरङ: मोरङको टंकी सिनवरीमा दुई यात्रु बस जुध्दा दुई जना यात्रुको ज्यान गएको छ। सप्तरीको फत्तेपुरबाट विराटनगर जाँदै गरेको को १ ख ४१९० नम्बरको बस र विराटनगरबाट धरान जाँदै गरेको को १ ख ३८०५ नम्बरका बस बुधबार बिहान आपसमा जुधेका हुन्।
दुर्घटनामा २६ जना यात्रु गम्भीर घाइते भएका मोरङ प्रहरीका प्रवक्ता डीएसी प्रभु ढकालले बताए।
दुर्घटनामा क्षतिग्रस्त बस । तस्बिर सौजन्य : चन्दन रौनियार
घटनमा घाइते भएकामध्ये दुई यात्रुको नोबेल अस्पतलालमा ज्यान गएको मोरङका ट्राफिक इन्स्पेक्टर विजय श्रेष्ठले जानकारी दिए। तीब्र गतिमा रहेका दुई बस जुध्दा घाइते भएकाहरुलाई नोबेल अस्पताल विराट नर्सिङ होस र न्युरो अस्पतालमा उपचार भइरहेको छ।
उनीहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्याया अझै बढ्न सक्ने इन्पेकटर श्रेषठले बताए। घाइतेको उद्धारमा खटेका विराटनगरका रबिन लम्सालले घटनास्थलमै चार जनाको शव देखेकाले मृतकको संख्या धेरै हुन सक्ने बताए।
दुर्घटनास्थलमा उद्दारमा सक्रिय प्रहरी । तस्बिर सौजन्य : चन्दन रौनियार