हाइ किन आउँछ ? जान्नैपर्ने तथ्यहरु:
कोही मानिस हाइ काढेको देख्दा देख्नेलाई पनि हाइ आउँछ। यस्तो तपाइँलाई पनि हुन्छ होला। यस्तो किन हुन्छ? कुन समयमा हाइ आउँछ? मानिस जन्मिएपछि कुन समयबाट हाइ काढ्न सुरु गर्छ होला ? यी सबै प्रश्न रोचक छन् । तर उत्तर तपाइँलाई थाहा नहुनसक्छ।
यद्यपि हाइ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो तर यस सँग जोडिएका केही ठूलासाना कुराहरुमा हामीले ध्यान दिइरहेका हुँदैनौँ। एक जनालाई हाइ आएपछि त्यो देख्ने अर्को मानिसलाई पनि हाइ आउँछ। एक, दुइ हुँदै एकैचोटी धेरै मानिसमा फैलिन सक्छन् । के त्यसोभए हाइ आउनु संक्रामक क्रिया हो होइन।
-मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया
बेलायतको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार हाइ आउनु निद्रा वा आलस्यको संकेत होइन। यो हाम्रो मस्तिष्कको तापक्रमलाई नियन्त्रणमा राख्ने प्रक्रिया हो। हाम्रो सरीरको बनावट तथा कार्यविधि यस्तो प्रकारले व्यवस्थित छ की हामीले नचाहेको बेलामा समेत एकाएक हाइ आएर मुख खुल्दछ। यसले मस्तिष्कको तापक्रम घटाउनुका साथै अनुहारका मांशपेशीलाई समेत तन्काइदिन्छ।
-अक्सिजनको अपर्याप्त हुँदा
अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनमा प्रकाशित शोधका अनुसार हाइ काढ्दा सरीरमा अक्सिजनको पर्याप्त आपूर्ति हुन्छ र अक्सिजनको कमीलाई पूर्ति गर्दछ। जब रगतमा अक्सिजन पूराउनका लागि फोक्सोमा पर्याप्त अक्सिजन हुँदैन तब हाइ काढ्दाको माध्यमबाट एकैसाथ ठूलो परिमाणमा मुखबाट फोक्सोसम्म अक्सिजन पुग्दछ र फोक्सोबाट रगतमा मिसिन्छ। मस्तिष्कको भित्तालाई चिसो राख्नका लागि मस्तिष्ककै निर्देशनमा मानिसलाई हाइ आउँछ।
-अगाडिको मान्छेले हाइ काढेको देखेर
सन् २००४ मा गरिएको एक अध्ययनले ५० प्रतिशत मानिसहरुले आफ्नो अगाडि रहेका मानिसहरु हाइ गरेको देखेर हाइ काढ्ने गरेको तथ्य पत्ता लगाएको थियो। सन् २०१२ को अर्को एक अध्ययनले आनुवंशिक तथा भावनात्मक रुपमा जोडिएका मानिसहरुलाई अरु मानिस हाइ काढेको देखेर आफुलाई पनि हाइ आउने देखाएको थियो।
मानिसले कुन वेलादेखि हाइ काढ्छन् ?
मानिसले कुन बेलादेखि हाइ काढ्न सुरु गर्छ होला ? यो कुराले तपाइलाई अचम्म लाग्न सक्छ । गर्भमा रहेको बच्चाले ११ हप्ताको भ्रुण हुँदादेखि नै हाइ काढ्न थालेको हुन्छ। सामान्यतया हाइ काढ्ने समय ६ सेकेण्डको हुन्छ। मानिसले आफ्नो जिवनकालमा औषतमा २ लाख ४० हजार पटक हाइ काढ्ने गर्छन्।
हाइ काढ्दा के हुन्छ ?
अमेरिकन नेसनल इन्स्टिच्युट आफ हेल्थका अनुसार हाइ आउनु सामान्य कुरा हो। यदि छिटो छिटो हाइ आउँछ भने त्यो अनिद्राको संकेत हुनसक्छ र त्यसका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ।
तर निकै छिटोछिटो हाइ आयो र कसैगर्दा पनि रोकिएन भने त्यो बिमारको संकेत हुनसक्छ। हाइ आयो भने त्यसलाई रोक्नु हुँदैन मज्जाले काढ्नैपर्छ। आएको हाइ रोक्दा त्यसले सरीरमा नकारात्मक असर पार्नसक्छ।