बलिउडमा राज गरिरहेका पिके निर्माता विधु विनोद चोपडा र उनकी श्रीमती अनुपमा चोपडा दुबै स्वाइन फ्लूको शिकार भएका छन् अनुपमाले ट्विटरमा जानकारी दिँदै लेखेकी छिन्, ‘साथीहरु मलाई स्वाइन फ्लू भएको छ त्यसकारण यो हप्ता कुनै रिभ्यु होइन । तपाईंहरु सबैले मलाई मैले के मिस गरेँ त्यो बताइदिनुहोस् ।’
विधु विनोद एक समारोहमा पुगेका थिए जहाँ गुरु दत्तको फिल्म ‘कागजको फूल’, ‘चौदवी चान्द’, ‘साबिह बीबी और गुलाम’ को स्क्रिनप्ले लञ्च भएको थियो । उक्त कार्यक्रममा सरिक भएको केहि दिनमा नै उनलाई स्वाइल फ्लू लागेको बताइएको छ र यो रोग उनको परिवारलाई पनि सरेको बताइएको छ । विधुको स्वास्थ्यमा निकै सुधार आइरहेको र उनले चाँडै नै हस्पिटलबाट छुट्टी पाउने बताइएको छ ।
बलिउड अभिनेत्री सोनम कपुरपनि स्वाईन फ्लु संक्रमण भएपछि अस्पताल भर्ना भएकी छिन् ।नयाँ फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङका लागि राजकोट पुगेकी सोनमलाई एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।राजकोट जिल्ला अधिकारी मनीषा चन्द्राले सोनमलाई स्वाइन फ्लु भएको पुष्टि गरे । चिकित्सक डा. चिराग मातरावादियाले उनलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।
सुटिङमा अभिनेता सलमान खान पनि सँगै थिए । बिगत केही दिनदेखि उनीहरुले सँगै काम गरिरहेका हुँदा सलमानमा पनि स्वाइन फ्लुको खतरा बढेको छ । जसका कारण सलमानको स्वास्थ्य परिक्षण गर्न लागिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।स्थानीय प्रशासनले सोनम र सलमान बसेको होटल फ्रेनमा पनि चेकजाँचका लागि स्वास्थ्यकर्मीहरु खटाएको छ ।तर सलमानलाई स्वाईन फ्लुको प्रमाणित भएको छैन |
पिके निर्माताको पुरै परिवारलाई स्वाईन फ्लु, सलमानमाथि पनि आसंका