गोविन्द केसीलाई प्रचण्डले भने,‘तपाईंको पछाडि हामी छौं’
काठमाडौं,चैत १६ –एमाओवादी अध्यक्ष प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य क्षेत्रका कैयन विषयहरु उठाएर नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गरेर सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने बताएका छन् । डा. गोविन्द केसीको अनसनमा ऐक्यवद्दता जनाउन सोमबार बिहान ८ बजे त्रिवि शिक्षण अस्पताल पुगेका प्रचण्डले केसीको माग जायज भएकाले उनलाई आफू र आफ्नो पार्टीको तर्फबाट पूर्ण समर्थन हुने प्रतिवद्दता जनाए ।
प्रचण्डले केसीको आन्दोलनका बारेमा आफूले केही दिन पहिले पनि प्रधानमन्त्रीसँग कुरा गरेको र अब पनि लगत्तै गएर यसबारेमा कुरा गर्ने बताए । ‘प्रधानमन्त्रीलाई मैले यसअघि पनि डा. केसीको जायज माग सम्बोधनका लागि आग्रह गरिसकेको छु,’ प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने,‘अब पनि म प्रधानमन्त्रीलाई भेटेर यो समस्या समाधानका लागि आग्रह गर्छु ।’ प्रचण्डले प्रधानमन्त्रीलाई यो समस्या समाधान नगरी बाहिर नजान समेत आफूले आग्रह गर्ने बताए ।
केसीको अनसनमा ऐक्यवद्दता जनाउन बिहानै त्रिवि शिक्षण अस्पताल पुगेका प्रचण्डले डा. केसीको आन्दोलन भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने एउटा अभियान नै भएकाले यसलाई सफल बनाएरै छाड्नुपर्ने बताए ।
प्रचण्डले सरकारले माग सम्बोधन नगरे यसको परिणाम गम्भीर हुने भन्दै सरकार स्वास्थ्य मन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए । ‘सरकारले छिटोभन्दा छिटो डा. केसीले उठाएको माग सम्बोधन गर्नुपर्छ,’ प्रचण्डले भने,‘यदि सरकारले डा. केसीको माग सम्बोधन नगर्ने हो भने परिणाम गम्भीर हुनसक्छ ।
प्रचण्डले सरकारले माग सम्बोधन नगरे यसको परिणाम गम्भीर हुने भन्दै सरकार स्वास्थ्य मन्त्रीले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए । ‘सरकारले छिटोभन्दा छिटो डा. केसीले उठाएको माग सम्बोधन गर्नुपर्छ,’ प्रचण्डले भने,‘यदि सरकारले डा. केसीको माग सम्बोधन नगर्ने हो भने परिणाम गम्भीर हुनसक्छ ।
डा. केसीसँग भलाकुसारी समेत गरेका प्रचण्डले उनीसँग उनको स्वास्थ्य स्थितिका बारेमा समेत जिज्ञासा राखेका थिए । भलाकुसारीका क्रममा अनसनरत केसीले जनताको मौलिक अधिकार र गुणस्तरीय स्वास्थ्य सेवाका साथै राजनीतिक भागबन्डाको विरुद्दमा आफूले आन्दोलन गरेकाले यसमा साथ र सहयोग दिन आग्रह गरेका थिए । जवाफमा प्रचण्डले केसीको आन्दोलनमा पूर्ण समर्थन हुने भन्दै यसबाट बिचलित नबन्न आग्रह गरेका थिए ।