रेखा थापाले भेटाइदिइन् एसिड प्रहारबाट घाइते दुई किशोरी



IMG_9413IMG_9397काठमाण्डु, १७ चैत नायिका रेखा थापाले राजधानीमा एसिड प्रहारबाट घाइते भएका किशोरीहरु सीमा बस्नेत र संगीता मगरको भेट गराइदिएकी छन् ।
रेखाले सीमा र संगीतालाई काठमाण्डु मेडिकल कलेज सिनामंगलमा मंगलबार भेटाएकी हुन् ।
वीर अस्पतालमा फ्लोअप उपचारका लागि आएकी सीमालाई आफ्नै निजी कारमा राखेर रेखाले केएमसी पुर्याएकी थिइन् ।
घटनापछि पहिलोपटक भेट्न पाएकामा सीमा र संगीता आपसमा अंकमाल गरेर रोएका थिए ।
उनीहरुले झण्डै एक घण्टा सँगै बिताएको चलचित्र भीमदत्तका निर्देशक हिमग्याप लामाले काठमाण्डु टुडेलाई जानकारी दिए ।
एसिड प्रहार गर्ने अभियुक्तविरुद्धको मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै प्रहरीले दुई पीडित युवतीलाई भेट्न दिएको थिएन ।
सीमा र संगीताले आफूहरुले पुनर्जन्म पाएको भन्दै बाँकी जीवन समाज सेवामा लगाउने बताए ।
निर्देशक लामाका अनुसार घटनाबाट हतोत्साहित नभई आफूहरु मुलुकको सेवामा समर्पित हुने प्रण उनीहरुको थियो ।
1
भेटमा नायिका थापालाई सीमा र संगीता दुवैले अपराधीले कुनै हालतमा उन्मुक्ति पाउन नहुने भन्दै आजीवन काराबास सजायका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
एसएलसी परीक्षाको तयारीमा रहेका उनीहरुमाथि ट्युशन पढ्न गएका बेला गत फागुन १० गते बिहान एसिड प्रहार भएको थियो ।
उनीहरु दुवैले अस्पतालबाटै एसएलसी दिएका थिए ।
अस्पतालमा दुई पीडित किशोरीको भेट गराएकामा खुसी व्यक्त गर्दै सातै महादेशका उच्च हिमाल चढ्ने पहिलो नेपाली ओरोही सुस्मिता मास्केले अभिनयका साथै सामाजिक काममा सक्रियता देखाएकामा रेखाको प्रशंगा गरेकी थिइन् ।
मुलुककी चर्चित नायिकाले पीडितलाई अस्पतालमै पुगेर उत्साह प्रदान गर्नु गर्वको विषय भएको उनको भनाइ थियो ।
तस्बिर सौजन्यः  निर्देशक हिमग्याप लामा






प्रतिक्रिया दिनुहोस्...