भूकम्पबाट अभिभावक गुमाएका बालिकालाई माइती नेपालले आश्रय दिने, सम्पर्क गर्न आग्रह
काठमाडौं, वैशाख १५ । भूकम्पका कारण आफ्ना अभिभावक गुमाएका करिब दुई सयसम्म बालिकाहरुलाई आफूहरुले आश्रय दिनसक्ने भएकाले त्यस्ता बालिकाहरुले आफूहरुलाई सम्पर्क गर्न माइती नेपालले आग्रह गरेको छ ।
माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले अत्यन्तै अत्यावश्यक भएका र आफ्ना बाबु–आमा गुमाएका बालिकाहरुलाई आफूहरुलाई आश्रय दिने व्यवस्था आफूहरुलेगर्न लागेको जानकारी हामीलाई दिएकी छन् ।
यसका लागि माइती नेपालका निर्देशक विश्वराम खड्काको ९८५१०–२२०८३ नम्बरमा सम्पर्क गरेर थप जानकारी लिन सकिने उक्त संस्थाले जनाएको छ
