मोटरसाईकल दुर्घटनामा दिपकराज गिरीको मृत्यु
काठमाडौं । काभ्रेको धुलिखेल बाँसघारीमा सोमबारराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।सोमबारराति करिब १ बजे बा ३५ प ४४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन ।

