छात्रालाई ट्रकले ठक्कर दिएपछि चावहिलमा तनाव


काठमाडौं । काठमाडौंको चावहिलमा ट्रकको ठक्करबाट एक छात्राको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।
चावहिलको गोपीकृष्ण हल नजिकै ट्रकको ठक्करबाट पशुपति बहुमुखी क्याम्पसमा पढ्ने छात्राको ज्यान गएपछि चावहिल गौशाला सडक क्षेत्रमा तनाव भएको छ । आइतबार बिहान बा १ ख ९११२ नम्बरको ट्रकले पैदक हिडिरहेकी २१ वर्षकी छात्रा बालकुमारी दाहाललाई ठक्कर दिँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट दाहालको मृत्यु भएपछि विद्यार्थी र स्थानीयबासिन्दाले गौशाला, चाबहिल क्षेत्रमा चक्काजाम गर्दा त्यसक्षेत्र तनावग्रस्त बनेको हो ।





प्रतिक्रिया दिनुहोस्...