काठमाडौं, वैशाख ४ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको अहिले केहिबेरमा पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिँदै छ ।
स्वर्गीय थापाको शवयात्रा अहिले पशुपति आर्यघाटतर्पm अघि बढिरहेको छ । दशरथ रंगशालाबाट सुरु भएको शवयात्रा वीर अस्पताल, बागबजार, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर, बत्तिसपुतली, गौशाला हुँदै पशुपति आर्यघाटतर्पmअघि बढिरहेको हो ।
यसअघि दशरथ रंगशाला पुगेर समाजका विभिन्न व्यक्तित्वले उनीप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको राष्ट्रिय झन्डा ओढाएर थापाप्रति राष्ट्रिय सम्मान व्यक्त गरेका थिए ।
विहीबार साँझ भारतको दिल्लीबाट ल्याइएको थापाको पार्थिव शरीर रातभर उनकै निवासमा राखिएको थियो भने शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म चाबहिलस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिएको थियो ।
भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा बुधवार राति निधन भएका थापाको पार्थिव शरीर विहीबारसाँझ भारतीय एअर फोर्सको विशेष विमानबाट काठमाडौं ल्याइएको थियो ।
पूर्वप्रधानमन्त्री थापाको शवयात्रा पशुपति आर्यघाटतर्फ अघि बढ्दै (अपडेट)
