तीर्थयात्रीको शव लिन भारतीय सेनाको विशेष जहाज काठमाडौं आउँदै


फोटो :फाइल तस्‍बिर
काठमाडौं : बस दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव लिनका लागि आजै राती भारतबाट विशेष विमान काठमाडौं आउने भएको छ।
भारतीय वायु सेनाको आइएल ७६ जहाज आजै राति काठमाडौं आउने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत दिएका छन्। पशुपतिनाथको दर्शन गरेर भारतीय तीर्थयात्री घर फर्किने क्रममा नागढुंगामा बस खस्दा १७ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने सबै गुजरातका नागरिक हुन्।
नेपालस्थित भारतीय राजदूत तथा दूतावासका कर्मचारी बुधबार दिउँसो घाइते रहेका अस्पतालमा पुगी उपचार अवस्थाबारे बुझेका थिए। दूतावासका केही अधिकारी दुर्घटनास्थल पनि पुगेर जानकारी लिएका थिए। 






प्रतिक्रिया दिनुहोस्...