एजेन्सी : भारतीय एक युवकको पेटबाट चिकित्सकले १४० वटा सिक्का, १५० काँटी सँगै नटबोल्ट र चुम्बक निकालेका छन् । नौ घन्टा लामो अपरेशनपछि यत्ति ठूलो परिणाममा पेटबाट फलामजन्य पदार्थ निकालेको चिकित्सकले बताएका छन् ।
धेरै पेट दुखेको बताउदै अस्पताल पुगेका पन्जाबको भठिण्डाका ३५ वर्षीय राजपाल सिंहको सल्यक्रिया गर्दा यस्तो अनौठा सामाग्री देखेपछि चिकित्सक समेत चकित परेका छन् ।
चिकित्सकहरुले सिंहको पेटमा अनौठा कुरा देखेको सल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चिकित्सकले इण्डोस्कोपी मार्फत त्यस्ता अनौठा कुरा देखेका थिए । ति युवकले फलफूलको जुस र दूधसँग सिक्का र फलामजन्य वस्तु खाने गरेको बताएका छन् ।

युवकले भनेका छन् ‘म फलफूलको जुस र दूधसँग सिक्का र फलामजन्य वस्तुहरु खाने गर्थेँ, दूध र फलफूलसँग खान सहज हुन्थ्यो ।’
चिकित्सकहरुले सल्यक्रियाको लागि अझ ढिला भएको भए सिंहको आन्द्रा सबै छेड्ने खतरा रहेको औँल्याएका छन् । डेलीमेलका अनुसार चिकित्सकहरुले नौ घन्टा लामो अपरेशनपछि पेटबाट ठूलो संख्यामा सिक्का, काँटी र फलामजन्य पदार्थ निकालेका हुन् ।
सिंहको पेटमा सिक्का र काँटी भएको पञ्जाबको एक स्थानीय अस्पतालका डा गगनदीप गोयलले पत्ता लगाएका थिए ।
युवकको स्वास्थ्य अवस्था अझै खतरामा रहेकाले उनको स्वास्थ्यलाई ठिक पार्न अझै केही अपरेशन गनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
पेटमा भेटिएका अनौठा सामाग्रीले संसारभर चर्चा पाएको छ ।