हो मेरो छोराले सजायँ पाउनु पर्छ,तर हामीमाथि भएको विभेदको न्याय चाहिन्छ’ जीवनको आमा


राजधानीमा दुइ किशोरीमाथि एसिड प्रहार गरेका अभियुक्त जीवन विकका परिवारले जातिय छुवाछुतको घटनामा प्रहरीले समयमै कारबाही नगर्दा एसिड आक्रमणको घटना भएको दावी गरेका छन् ।
Jeeban-mom-Nunu-maya-BK
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अभियुक्त जीवनका बाबु, आमा लगायतले २०७० सालमै केटी पक्षबाट आपूmहरु विरुद्ध जातिय हिंसा भएको स्पष्ठ पारेका छन् । उनिहरुले आफुहरुमाथि जातकै कारण ज्याजति पुर्ण ब्यबहार गरेतापनि प्रहरीले उक्त घटनालाई गम्भीर रुपमा लिएर कारबाही नगर्दा एसिड आक्रमण जस्तो जघन्य अपराध हुन पुगेको बताएका छन्।
उनीहरुले जीवन विकले गरेको अपराधमा कारबाही जरुरी भएको भन्दै तर त्यस्ता घटना जन्माउने विभेदकारी घटनाहरुमा पनि कारबाहीको गर्नुपर्न माग गरेका छन् । । जीवनको आमा नुनुमाया बिकले आफूहरुपनि अन्यायमा परेको बताउँदै सरकारले न्याय दिनुपर्ने बताइन् । उनले भनिन्,मेरो छोराले गरेको अपराधको सजय पाउनुपर्छ । त्योसँगै हामीमाथि गरिएको विभेदको पनि सुनुवाई हुनपर्छ ।





प्रतिक्रिया दिनुहोस्...