डा. बाबुराम भट्टराईमाथि सयौंको आक्रमण


काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि सयौंले शब्दवाण प्रहार गरेका छन् । निकै आशा लाग्दा र बौद्धिक नेताका रुपमा चिनिएका डा. भट्टराई पछिल्लो समय सामाजिक सञ्जालको आक्रमणमा पर्ने गरेका छन् ।
यसैक्रममा आइतबार ट्विटरमा ट्विट गरेका शब्दले अहिले बाबुराममाथि सयौंले क्षमता, दक्षता र बौद्धिकतामाथि नै प्रश्न उठाएर टिप्पणी गरेका छन् । अझ उनले हासिलको गरेको विद्यावारिधिमाथि नै आशंका गरेका छन् उनलाई सामाजिक सञ्जालमा पछ्याउनेहरुले ।
पछिल्लो समय भट्टराई सामाजिक सञ्जालमा पोष्ट गरिएका विचार र शब्दका कारण विवादित मात्रै होइन उनी स्वयम आफ्नो उचाइ घटाउन लागि परेका कतिपयले टिप्पणी गरेका छन् ।
फेसबुक र ट्विटरमा सक्रिय भट्टराई प्रायः धेरै टिप्पणी र प्रतिक्रिया समर्थन भन्दा धेरै आलोचना हुने गर्छ । मानवीयता समेत विर्सिएर पछिल्लोपटक आइतबार बेलुकी भट्टराईले ट्विटरमा यस्तो लेखे, ‘हप्तै पिच्छे भू पू र वर्तमान सभासदलाई आफुकहाँ बोलाएर यमराजले के सन्देश दिन खोजेका हुन् कुन्निर ? उनी पनि सहमतिकै पक्षमा छन् क्यारे ? होस गरौं है’





प्रतिक्रिया दिनुहोस्...