अमेरिका पुगेको कलाकारको टोलीले भन्यो:'देश रोएको बेला हसाँउन सक्दैनौं’
काठमाडौं, बैशाख १६ । विभिन्न नेपाली संघ संस्थाहरुको आव्हानमा अमेरिकामा आएका प्रख्यात कलाकारहरुको टोली समय भन्दा अगावै नेपाल फर्कने भएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको बहुचर्चित हास्य टेलीशृंखला मेरी बास्सैका कलाकार र निर्देशक तथा नेपाल सरकारको सरसफाई दुत सिताराम कट्टेल र कुन्जना घिमिरे उक्त कुरा
जनाएका हुन ।
उनका अनुसार 'मेरो देश प्राकृतिक विपतले थिलथिलो भएको छ । देश रोइ रहेको छ । यो पिडा र दुःखको घडीमा हामी देश बाहिर बसेर हाँस्न र हसाउने कुरोको कल्पना पनि गर्न सक्दैनौ । यो समय हामी जस्ता युवाहरु घाइते र पिडितहरुको घाउमा मल्हम लगाउन जुट्नु पर्ने समय हो । त्यसैले अमेरिकामा तय गरिएका सम्पूर्ण कार्यक्रमहरुलाई स्थगित गरि हामी देश फर्कदैँ छौँ । घाइते र पिडितको उद्धारको लागि सबै जुटौँ ।' उनीहरुले भने । कार्यक्रम स्थगित गरेर कलाकारको टोली नेपाल फर्कन लागेको हो ।
यसैविच कार्यक्रम विचमै छाडेर नेपाल फर्कदा पर्न जाने असुविधा प्रति मुख्य आयोजक डब्लुविएमसी, सह आयोजक विभिन्न संघ संस्थाहरु, भुटानिज कम्यूनिटि र सम्पूर्ण नेपाली दाजुभाई दिदीवहीनी संग उनले क्षमा याचना मागेका छन । त्यस्तै आगामी वर्षहरुमा समय अनुकुल भएमा फेरि पनि अमेरिका आउने जनाएका छन ।
उक्त टोलीमा रहेका गायकद्धय एवं गायीका प्रमोद खरेल, पशुपति शर्मा, एवं संगीता थापा मगरले पनि उनको भनाइमा एकवद्धता जनाएका छन ।
उक्त टोली यही अप्रिल १, २०१५ मा अमेरिका आएको थियो र मे महिनाको अन्तिममा फर्कने योजना थियो । तर नेपालमा गएको विनासकारी भूक्पकका कारण यात्रा अवधि छोट्टाएको छ ।
