सगरमाथा हिमपहिरोमा परी १७ को मृत्यु पीडितको उद्दार कार्य सुरु


काठमाडौ, वैशाख १३ -


सगरमाथा आधारशिविरमा हिजो परेको हिमपहिरोमा कन्तिमा १७ जनाको मृत्यु भएको छ । हिमपहिरोमा फसेकाहरुको आजबाट उद्दार सुरु गरिएको छ । उद्दारको लागि ६ हेलिकप्टर सगरमाथा आधारशिविर पुगेका छन् ।
पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद सिटौलाले हिमपहिरोमा परी कन्तिमा १७ जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या बढ्न सक्ने अनुमान गरे । आधारशिविर क्षेत्रको मौसममा अहिले केही सुधार आएको छ ।
हिजो नेपालको विभिन्न स्थानलाई केन्द्र बनाउदै गएको शक्तिशाली भूकम्पपछि आधारशिविर क्षेत्रमा हिमहिरो गएको थियो ।
अहिले सगरमाथा आरोहणको उपयुक्त मौसम हो । अघिल्लो बर्ष पनि हिमपहिरोमा परी १३ जना आरोहीको मृत्यु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्...