बाँदरको अनुहार भएका बालकको जन्म


फोटो :अछामको बलाता –४ बास्कोटकी विन्द्रा साउदले जन्माएको बाँदरको जस्तो अनुहार भएको बच्चा । तस्बिर : रासस
अछाम : अछामकी एक महिलाले बाँदरको जस्तै अनुहार भएको बच्चालार्इ जन्म दिएकी छन् ।

यहाँको दुर्गम बलाता–४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप वाँदरको जस्तो छ । बालकको टाउकाको गिदी बाहिरी भागमा छ ।

बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका ती बालकको आँखा साह्रै ठूला र हातखुट्टा मोटा छन् । तर औँला भने अन्य शिशुका जस्तै साना रहेका स्वास्थ्य चौकी बलाताका इन्चार्ज बलबहादुर बुढाले बताए ।

आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । शिशुलाई हेर्न स्थानीयवासीको घुइँचो लागेको स्थानीयवासी राकेश विकले जानकारी दिए । रासस






प्रतिक्रिया दिनुहोस्...