भूकम्पसँगै पुरिएका दुई सय ५२ जनाको पाँच दिनपछि जीवितै उद्धार


फोटो :उद्धार गरेर ल्याइएका स्वदेशी तथा विदेशी नागरिक / तस्बिर सौजन्य : नेपली सेना
काठमाडौं : भूकम्पसँगै आएको पहिरोले पुरिएका दुई सय ५२  जनाको रसुवामा उद्धार गरिएको छ। 
 
सेनाको विशेष टोलीले घोडातबेला क्षेत्रबाट भूकम्पमा पुरिएका दुई सय ५२ जनालाई जीवितै उद्धार गरेको नेपाल प्रहरीको मध्यक्षेत्र प्रमुख डिआइजी देवेन्द्र सुवेदीले अन्‍नपूर्ण अनलाइनसँग बताए।
डिआइजी सुवेदीका अनुसार उद्धार गरिएकामा विदेशी पर्यटक र स्वदेशी पनि छन् । पाँचदिनसम्म यी सबै सम्पर्कबिहिन थिए।उद्धार गरिएकामा दर्जनजति सेना पनि छन् । सेनाको हेलिकोप्टरबाट उनीहरुलाई सुरक्षित स्थानमा ल्याइएको छ । जोखिमपूर्ण प्रयासपछि उनीहरुलाई सकुशल उद्धार गरिएको हो । 






प्रतिक्रिया दिनुहोस्...