काठमाडौँस्थित ठाडो भर्याङ्बाट ५५ जनाको जीवितै उद्धार, १० जना हराइरहेको आशङ्का
| काठमाडौँस्थित ठाडो भर्याङ क्षेत्रबाट हालसम्म ५५ जनाको जीवितै उद्धार गरिएको छ। | |
यहाँको जीवनमार्ग बहुउद्देशीय सहकारी, म्याक्डोनाल्ड रेस्टुराँ, एक चर्च र अन्य दुई घरबाट गरी उक्त सङ्ख्यामा उद्धार गरिएको उद्धार टोलीले जनाएका छन्। ती भवनमा अझै १० जना हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ। उक्त क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, टर्कीस टोली र भारतीय टोली पनि उद्धारमा खटिएको छ। यस क्षेत्रमा लगातार खटिएका मिलन टोल सुधार समितिका अध्यक्ष भीमसेन पोखरेलले शनिबारदेखि आजसम्म लगातार उद्धार कार्यलाई जारी राखिएको बताए। उनले ठूला भवन एकै स्थानमा रहेको र ठूलो सङ्ख्यामा मानिस भेला हुने सहकारी, चर्च र रेष्टुराँ एउटै लाइनमा रहेकाले पनि हताहत हुनेको सङ्ख्या बढी भएको बताए। रासस |
