News
»
सिके राउतलाई विशेष अदालतको सफाई
सिके राउतलाई विशेष अदालतको सफाई
काठमाडौं- विशेष अदालतले सिके राउतलाई राज्य विरुद्धको अपराध मुद्दामा सफाई दिएको छ। सरकारले २०७१ असोज २२ गते देश टुक्राउने अभियान संञ्चालन गरेको भन्दै राउत विरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा अन्तिम फैसला गर्दै विशेषले सफाई दिने निर्णय सुनाएको हो। विशेष अदालतका न्यायाधीसहरु मोहनरमण भट्टराई, पवनकुमार शर्मा र महेश प्रसाद पुडासैनीको इजलासले राउतको मुद्दा खारेजहुने निर्णय सुनाएको हो।
यस अघि विशेषले राउतलाई धरौटीमा रिहा गरेको थयो। विशेषको यो फैसला पछि राउतले राज्यविरुद्धको अपराधबाट छुटकरा पाएका छन्।
मधेसलाई छुट्टै 'राज्य'को वकालत गर्दै हिँडेका राउतलाई प्रहरीले भदौ २८ गते मोरङको रंगेलीबाट पक्राउ गरी सार्वजनिक आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएको थियो। पछि मुद्दा परिवर्तन गरी उनीविरुद्ध विशेष अदालतमा राज्य विप्लवको मुद्दा दर्ता भएको थियो। सो मुद्दामा अदालतले मागेको धरौटी नबुझाएपछि उनी कारागार चलान भएका थिए।
गत मंसिर ८ गते ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी कारागारमुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्...