फेरी पनि भुकम्प गयो, मानिसहरु थप त्रसित
| भूकम्पका स साना धक्काहरुको महसुस हुने क्रम अझै रोकिएको छैन् । बुधबार राती पौने ११ बजेमात्रै फेरी भूकम्प गएको छ। | |
काठमाण्डौँ, बैशाख १६ - भूकम्पका स साना धक्काहरुको महसुस हुने क्रम अझै रोकिएको छैन् । बुधबार राती पौने ११ बजेमात्रै फेरी भूकम्प गएको छ ।
पछिल्लो समय साँझ ५ बजेर ३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार त्यसअघि नुवाकोट केन्द्रबिन्दु बनाएर पौने ५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भुकम्प गएको १०० घण्टा वितिसक्दा समेत अझै विभिन्न स साना झड्काहरु जाने क्रम जारी रहेको छ । बुधबार राती करिब साढे ८ बजे ४ रेक्टर स्केलकै भूकम्पको धक्का महसुस भएको थियो । हिजोबाट ठुला भूकम्पका ठुला झड्का महसुस नभएको बेला प्राय मानिसको जनजीवन सामान्य बनिरहेकै अवस्थामा फेरी पनि गएको भुकम्पका धक्काले मानिसहरु थप त्रास फैलिएको छ । |
