यही हो साततले,जसले ४१ जनाको ज्यान लियो !
काठमाडौं, वैशाख १५– चावहिलको गोपिकृष्ण हलबाट नदी किनारै किनार अगाडि बढेपछि साततले पुगिन्छ । लामो समय देखि त्यो भवन आसपासको ठाउँ कपन एरियामा ‘सात तले’को नामले चिनिन्थ्यो । विनाशकारी भूकम्पकका कारण साततले ढलेसँगै ४१ सर्वसाधारणको ज्यान गएको छ ।
साततले ढल्दै गरेको देखेकी एक स्थानीय लक्ष्मी श्रेष्ठले भनिन् ‘भुकम्प आउने वित्तिकै जगवाट धुलो उडेको थियो । त्यसपछि विस्तारै घर ढल्न थालिहाल्यो मैले हेर्नै सकिँन ।’ साततले ढल्दै गर्दा सवैभन्दा माथिल्लो तलामा क्रिश्चियन धर्म मान्नेहरु प्रार्थना गरिरहेका थिए । स्थानीयहरुका अनुसार सवैभन्दा धेरै क्रिस्चियनहरुको मृत्यु भएको छ । सो भवनको सवैभन्दा तल्लो तलामा मोटरसाइकल वर्कशप र शैलुन सञ्चालित थियो । शैलुन र वर्कसर्पमा काम गर्नेहरु भागेर बाँच्न सफल भएका थिए । त्यसमाथि पाँचौ तल्ला सम्म भाडामा बसेकाहरु त्यसदिन शनिवार भएकाले छुट्टि मनाउन निस्केका थिए । भुकम्प गएको भोलिपल्टसम्ममा स्थानीयहरुले चालिस शव निकालेका थिए । सोमवार मात्रै नेपाली उद्धार टोली सहित पुगेको भारतीय सेनाको उद्धार टोलीले क्षत विक्षेत भएको एक शव निकालेको थियो । सोमवार स्काभेटरको सहयोगले निकालेको एउटा शवको माथिल्लो भाग थिएन । पक्की भएपनी कपन एरियाको निकै पुरानो मध्येको मानिने साततलेमा घरधनी पहिल्यैदेखि नबस्ने गरेको स्थानीयले बताए । साततले दुर्घनामा परी बाँचेकाहरुको राजधानीका विभीन्न अस्पतालहरुमा उपचार भैरहेको छ । सेना–प्रहरी सँग पनी त्यस भवनमा कत्ति मान्छेको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन । स्थानीय प्रत्यक्षदर्शीका अनुसार हालसम्म सो भवनबाट ४१ शव निकालिएको छ । ‘थप शवहरु नभएको’ भन्दै भारतीए सेनाको उद्धार टोली सात तलेबाट फर्किसकेको छ ।