महिला मन्त्रीको अश्लिल तस्विर ह्वाट्सएपमा सार्वजनिक


भारतको नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारकी मानव संसाधन विकाशमनत्री स्मृति ईरानीको अश्लिल तस्विर भाइरल बनेको छ । यो तस्विर शेयर गरेको आरोपमा मन्त्री ईरानीको पक्षबाट केही नेताहरु विरुद्ध एफआइआर दर्ता समेत भएको छ । यो तस्विर कस्ले शेयर गरेको हो भन्ने विषयमा नेताहरुमाथि नै छानविन चलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 भाजपा सरकारको मुख्य सहयोगी दल लोजपा लोक जनशक्ति पार्टीका एक नेता उमाशंकर मिश्रालाई यो मुद्धामा मुख्य अभियुक्त बनाइएको छ । केही दिन अघि मात्र ह्वाट्सएप ग्रुपमा स्मृति इरानीको अश्लिल तस्विर भाइरल भएको थियो । यो ग्रुपका मध्यस्त लोजपाका रवींद्र कुमार सिंह भएको बताइएको छ । यो तस्विर उमाशंकरको फोनबाट पठाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भाजपा नेताहरुले लोजपा नेता उमाशंकर मिश्रालाई कारवाही गर्न माग गरेको छ ।




प्रतिक्रिया दिनुहोस्...