भोज खान बोलाएर खुकुरीले छप्काउन थालेपछि…
दिपेश पौडेल,रौतहट । चन्द्रपुर नगरपालिका–१० सन्तपुरमा एक जनाले आफनै घरमा आएका पाहुना माथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।ब्रतबन्धको अवसरमा विहीवार राति घर आएका पाहुना माथि स्थानीय कृष्ण सापकोटाले खुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।खुकुरी प्रहारबाट घाईते हुनेमा चन्द्रपुर १०का १५ बर्षीय ऋिषि बजगाई, १८ बर्षका संञ्जु बजगाई, १६ बर्षका सागर बजगाई, बिरगज बस्ने १६ बर्षका अरुण पाण्डे र १६ बर्षका सुरज पाण्डे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।घाईतेहरुको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी भरतपुर अस्पताल लगिएको छ ।घाईते भएका ऋिषि बजगाईको भने चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरिक्षक नेत्रमणि गरिले जानकारी दिए ।खुकरी प्रहार गर्ने सापकोटा फरार रहेकाले खोजी भै रहेको उनले बताए । राति करिव २ बजेको समयमा घरमा सुतिरहेको पहुनालाई खकुरी प्रहार गरि सापकोटाले घाईते बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


