सार्क मुलुकबीच सीधा यातायात सञ्चालन हुने
काठमाडौं : सार्कका चार मुलुक नेपाल, भारत, भुटान र बंगलादेशबीच सीधा यातायात सेवा सञ्चालन हुने भएको छ। आगामी जुनको २२ देखि २४ गते काठमाडौंमा हुने तीन दिने बैठकमा यस सम्बन्धी सम्झौता हुनेछ।
सम्झौतापछि यी चारवटै मुलुकबीच दुईपक्षीय यातायात सेवा सञ्चालन गर्न सकिने भएको छ। यो सम्झौता पश्चात यात्रु, कार्गो तथा सडक यातायात सेवाको प्रयोगलाई प्रभावकारी बनाइने छ। सम्झौता पछि सवारी साधन सञ्चालन हुँदा कार्गो सेवामा सजिलो हुनुका साथै मास टुरिजमको संख्या बढाउन सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ। सम्झौताले नेपालमा आउने मास पर्यटक संख्या मात्र बढाउने र गुणस्तरीयमा ध्यान दिन नसक्ने ग्लोवल एसिया ट्राभल एन्ड टुर्सका निर्देशक महेन्द्र पौडेलले दाबी गरे। आगामी जुनको २२ देखि २४ गते काठमाडौंमा हुने तीन दिने बैठकमा यस सम्बन्धी सम्झौता हुनेछ। यस्तो सेवाले संख्या बढाउन सहज बनाए पनि पर्यटकको गुणस्त कायम गर्न नसक्ने उनले दाबी गरे। यसरी आउने पर्यटक समूहमा आउने, गेस्टहाउसमा बस्ने र कम खर्च गर्ने बर्गमा पर्ने भएकोले यसले ठूलो लाभ नहुने पौडेलको दाबी छ। नेपालमा भारत, भुटान र बंगालादेशबाट २० देखि ३० घण्टा लामो सवारी साधनमा आउने समूहगत पर्यटक खर्च नै कम गर्ने खालका हुने अनुमान गर्दै पौडेलले भने,'नेपालबाट पनि चारधाम जाँदा बृद्धबृद्धा जम्मा पारेर थोरे खर्चमा सीमित क्षेत्रमा पुग्छन्।' आफ्नै प्राइभेट सवारीमा आउने र एड्भेञ्चर रूचाउँने बाहेकका समूहगत पर्यटक खासै खर्चालु नहुने बुझाइ उनको छ। नेपालबाट कोही व्यक्ति गुजरातसम्म बस चढेर गयो भने उसलाई कम खर्चमा भ्रमण गर्ने व्यक्तिका रूपमा हेरिन्छ। नेपालमा आउँने साउथ एसियन पर्यटक पनि यस्तै हुने बुझाई पौडेलको छ। एकथरी व्यवसायीले भने मास बढ्ने र चहलपहल हुने भएकाले स साना व्यवसायीले समेत पर्याप्त लाभ लिनसक्ने अनुमान गरेका छन्।