Business
»
भूकम्प पीडितलाई टेलिकमको राहत : शनिबारदेखि आज रातिसम्मका सबै सुविधा निःशुल्क
भूकम्प पीडितलाई टेलिकमको राहत : शनिबारदेखि आज रातिसम्मका सबै सुविधा निःशुल्क
काठमाडौं—भूकम्प गएको दिन शनिबार दिउसो १२ बजेदेखि नेपाल टेलिकमले दिएको निःशुल्क भोइस तथा डाटा सुविधा आज राती १२ बजेसम्म रहने कम्पनीले जनाएको छ। मध्यराति पछि पनि शून्य ब्यालेन्समा कुरा गर्न भने सकिनेछ। टेलिकमले भूकम्प गएको दिनदेखि नै निःशुल्क भोइस तथा डाटा सुविधा दिँदै आएको छ।
आज मध्यरातदेखि निःशुल्क प्याकेज सकिए पनि शून्य ब्यालेन्समा कल गर्न सकिने टेलिकमले जनाएको छ। रिचार्ज कार्ड सहजै उपलब्ध नभएसम्मका लागि शून्य ब्यालेन्समा सेवा लिने सुविधा भने एनटिसीले दिइरहनेछ। 'शनिबारदेखि आज राती १२ बजेसम्म टेलिकमले निशुल्क कल सुविधा दिएको छ', टेलिकममा महाप्रवन्धक बुद्धिप्रसाद आचार्यले भने, '१२ बजेपछि पनि शून्य ब्यालेन्समा कल सुविधा भए पनि पछि रिचार्ज गरेपछि काटिनेछ।'
ल्यान्डलाइन फोनको हकमा वैशाख महिनाको न्युनतम महसुलमा थप १०० कल निशुल्क गरिएको टेलिकमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्...