सिन्धुपाल्चोक मा मात्रै १५ सयभन्दा बढी को मृत्यु


काठमाडौं : भूकम्पमा परी ज्यान गुमाउनेको संख्या साढे पाँच हजार नाघेको छ।
 
नेपाल प्रहरीले बिहीबार बिहान दिएको जानकारीअनुसार हालसम्म मृतकको संख्या पाँच हजार पाँच सय ३६ पुगेको छ। घाइतेको संख्या ७८६५ रहेको छ । 
 
सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ । सिन्धुपाल्चोकमा अहिलेसम्म १५ सय ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै थपिने अनुमान गरिएको छ। काठमाडौंमा १ हजार ८९ ले ज्यान गुमाएका छन्।
 
नेपाल प्रहरीका अनुसार भूकम्पमा भएको मानवीय क्षतिको विवरण यसप्रकार छ   
 
उपत्यका - मृतक - १५१९ घाईते - २५७४ (अन्य डिस्चार्ज गरिएको) 
काठमाडौ - १०८९ 
ललितपुर - १६९ 
भक्तपुर - २६१

पूर्व क्षेत्र - मृतक - ५२ घाईते - २६० 
भोजपुर - २ 
सुनसरी - ७ 
सोलु - २२ 
ओखलढुंगा - १८ 
ताप्लेजुंग - १ 
मोरङ् - २

मध्य क्षेत्र - मृतक ३५४८ घाईते ३८४३ 
रामेछाप - २४ 
सिन्धुपाल्चोक - १५८७ 
धनुषा - १ 
मकवानपुर - ३४ 
रसुवा - ३०४ 
दोलखा - ६० 
चितवन - ६ 
नुवाकोट - ७०७ 
धादिङ - ५२७ 
सिन्धुली - ९ 
बारा - ५ 
पर्सा - ५ 
सर्लाही - १ 
रौतहट - १ 
काभ्रे - २७७

पश्चिम क्षेत्र - मृतक ४१५ घाईते ११६७ 
गोरखा - ४०७ 
कास्की - २ 
नवलपरासी - १ 
तनहु - १ 
लमजुङ्ग - ४

मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ 
रोल्पा १ 
रुकुम १ 






प्रतिक्रिया दिनुहोस्...