उद्धारमा भारतीय टोली सक्रिय


फोटो :अन्नपूर्ण
काठमाडौं: भूकम्पबाट प्रभावितको उद्धारका लागि भारतबाट आएका हेलिकोप्टर, जहाजसहितको विशेष टोली सक्रिय रहेको छ।
 
छिमेकी भारतले भूकम्पबाट पीडितको उद्धारको लागि इन्डियन एअरफोर्सका चारवटा ६ वटा एमआइ १७, हेलिकोप्टर, ६ वटा थ्री एलएच ध्रुव विमानसहित विशेष कार्यदल नेपाल पठाएको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विपत्तिमा सघाउने क्रममा कुनै कमी हुन नदिन भारतको सुरक्षा संयन्त्र र प्रशासनलाई निर्देशन दिएका छन्। 
भारतले उद्धारका लागि तालिम प्राप्त सुरक्षाकर्मीसहितको टोली तथा उपकरण पनि यहाँ पठाएको छ। भारत सरकारले औषधी तथा राहत सामग्री पनि उपलब्ध गराएको छ।भारतीय एयरफोर्सका हेलिकोप्टरले सरकारी निकायसँगको समन्वयमा भूकम्प प्रभावित विकट ठाउँमा अलपत्र परेका तथा फसेका पर्यटक तथा अन्य सर्वसाधरणलाई सुरक्षित स्थानसम्म ल्याउने काम गरिरहेका छन्।
 
 

उद्धारलाई अझै प्रभावकारी बनाउनका लागि भारत सरकारका दुई उच्च अधिकारी शुक्रबार नेपाल आउने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अमित डोभाल र विदेश सचिव एस जयशंकर यहाँ आउँदै छन्। 
 
भारत सरकारले दिने राहतसँगै उनीहरूले राष्ट्रिय सम्पदालगायत विविध पुनर्निर्माणमा भारतीय सहयोगबारे आश्वस्त पार्ने बुझिएको छ। मोदीले नेपालमा जनजीवन सामान्यीकरण तथा राष्ट्रिय सम्पदा पुनर्निर्माणमा समेत भारत नेपाली जनतासँग रहने बताएका छन्। 






प्रतिक्रिया दिनुहोस्...