पोखरामा तीन दशमलव छ म्याग्निच्युडको भूकम्पको गयो


पोखरामा वेलुकी ६ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।
पोखरा, २२ फागुन - पोखरामा वेलुकी ६ बजेर १७ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ।

पोखरा आसपासको क्षेत्रलाई केन्द्र बनाई ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। करिब ३ देखि ५ सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पले क्षति गरेको कुनै विवरण प्राप्त भएको छैन।

भूूकम्पको धक्का महसुस भएपछि मानिसहरु डराउँदै सडकमा निस्केका थिए। पोखरामा धक्का महसुस भएपनि यो भूकम्प भौतिक क्षति गराउन सक्ने क्षमताको नभएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।





प्रतिक्रिया दिनुहोस्...