भाइबर मार्फत विदेशबाट नेपाल र नेपालबाट विदेशमा गरिने फोनमा पैसा नलाग्ने
काठमाडौं, वैशाख १३ काठमाडौं, वैशाख १३ सामाजिक सञ्जाल भाइबरले नेपालमा गएको बिनासकारी भूकम्पप्रति आफ्नो सम्वेदना देखाउँदै नेपालबाट विदेशमा गरिने र विदेशबा नेपालमा गरिने भाइबर आउट कल सेवा निशुल्क बनाएको छ । भाइबर आउट मार्फत यसअघि विदेशमा फोन गर्न निश्चित रकम तिर्नु पर्ने अनिवार्य थियो ।
यस अघि नेपालबाट गरिने फोनसेवा निशुल्क बनाएको भाइबरले नेपालमा गएको बिनासकारी भूकम्पप्रति सम्वेदना प्रकट गर्दै नेपालबाट विदेशमा गरिने सबै फोनमा पैसा नलाग्ने व्यवस्था गरेको हो ।
भाइबर आउट मार्फत यसअघि फोन गर्न निश्चित रकम तिर्नु पर्ने अनिवार्य थियो । यस्तै पहिले यो सेवा प्रयोग गर्नका लागि दुवै तिर इन्टरनेट सुविधा हुनुपर्ने अनिवार्य थियो । तर अहिले भने नेपालबाट गर्ने व्यक्तिसँग इन्टरनेट सुविधा अनिवार्य भएपनि विदेशमा रहेका व्यक्ति अनलाइनमा नभएपनि फोन जाने भाइबरले जनाएको छ ।
साेर्स-उज्यालाे अनलाइन

