महाभूकम्प २०७२ (अपडेट) : बिहीबार मध्यरातीसम्म मृत्तकको संख्या ६ हजार नाघ्यो


शनिबार गएको महाभूकम्पमा परि ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । बिहीबार मध्यराती १२ बजेसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ३० पुगेको गृह मन्त्रालयले जनाएको छ।
काठमाण्डौ, बैशाख १७ -  शनिबार गएको महाभूकम्पमा परि ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ ।  बिहीबार मध्यराती १२ बजेसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ३० पुगेको गृह मन्त्रालयले जनाएको छ  । 

त्यस्तै घाइतेहरुको संख्या १३ हजार ४ सय १५ पुगेको छ ।  उपचारपछि केही घाइतेहरु घर फर्किएका छन् भने धेरैजसोको विभिन्न अस्पताहरुमा उपचार भइरहेको छ  ।

विभिन्न ठाउमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेकोले ज्यान गुमाउनेको संख्या अझै बढ्ने बताइएको छ । ज्यान गुमाउनेमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा २ हजार पुगेको छ भने राजधानी काठमाण्डौमा १ हजार ९८ पुगेको छ ।  त्यस्तै भक्तपुरमा २६१ र ललितपुरमा १६९ जनाको मृत्यु भएको छ ।

यसैगरी नुवाकोटमा ७१७, धादिङमा ५७०, गोरखामा ४०७, रसुवामा ३०४, दोलखामा ६०, मकवानपुरमा ३३ र रामेछापमा २४ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै भूकम्पबाट अन्य जिल्लामा पनि मृत्तकको संख्या बढेको छ ।





प्रतिक्रिया दिनुहोस्...