भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्‍यो


काठमाडौं: शनिबार आएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको  छ। नेपाल प्रहरीले शुक्रबार बिहान दिएको जानकारीअनुसार हालसम्म मृतकको संख्या ६ हजार १ सय ९८ पुगेको छ।  घाइतेको संख्या १३ हजार ५ सय ६८ रहेको छ। 
 
सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ। सिन्धुपाल्चोकमा अहिलेसम्म १५ सय ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकको संख्या अझै थपिने अनुमान गरिएको छ। काठमाडौंमा १ हजार ८९ ले ज्यान गुमाएका छन्।
 
यस्तै दोलखाको लामाबगर गंगोर अपर तामाकोशी जाने बाटो पहिरोको कारण अबरुद्ध भएको छ। 






प्रतिक्रिया दिनुहोस्...