पोखरामा अचम्मैको दुर्लभ सेतो सर्प भेटियो, हेर्नेको भीड...


seto-sarpa-pokhara2

जेठ १२ गते- कास्कीको शिसुवामा अचम्मको गोल्डेन कोब्रा सर्प भेटिएको छ । लेखनाथको शिसुवास्थित स्याउलीबजारमा भेटिएको याे सर्पको प्रजाती दुर्लभ रहेको जिल्ला वन कार्यालय कास्कीले जनाएको छ ।

यसप्रकारको सर्प भेटिएपछि स्थानीय बासिन्दाहरुकाे जिल्ला वन कार्यालय कास्कीलाई खबर गरेका थिए । यसअघि कहिल्यै यस्तो सेतो तथा सुनौलो रंगको सर्प नदेखेका स्थानीय केहीले सर्पलाई नाग भन्दै पूजा समेत गरेका थिए । सर्प भेटिएको बारे जिल्ला वन कार्यालय कास्कीका सहायक वन अधिकृत खगेन्द्र बरालले पुष्टि गरे ।

नेपाल रिपोर्टस् सँग कुराकानी गर्दै उनले अत्यन्तै दुर्लभ प्रजातिको उक्त सर्पको उद्धार गरी जिल्ला वन कार्यालय कास्कीमा ल्याइएकाे र सुरक्षित ठाउँमा लगेर छाडिएको बताए । Via नेपाल रिपोर्टस
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !
भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला।





प्रतिक्रिया दिनुहोस्...