सनी लियोनीलाई देश निकाला गर्न माग
काठमाडौं, जेठ २ - भारत स्थित हिंदू जनजागृति समिति (एचजेएस) ले शुक्रवार बॉलीवुड अभिनेत्री सनी लियोनीलाई देश निकाला गर्न माग गरेको छ ।
उक्त समितिले आफ्नो वेबसाइटमा सनी लियोनीले अश्लीलता फैलाउने काम गरेको जसका कारण महिलाको गरिमामा अपमान भएको भन्दै लियोनीलाई भारतबाट निकाल गर्न र भविष्यमा उनलाई भारत प्रवेशमा रोक लगाउन समेत माग गरेको छ ।
एचजेएसका प्रवक्ता उदय धुरीले बताएअनुसार एचजेएसले मुम्बर्इको डोबिवलीस्थित रामनगर पुलिस अफिसका प्रमुख सुनिल शिबडकरकहाँ उजुरी दर्ता गरिएको छ ।
"उजुरी हाम्रा स्थायी प्रतिनिधि अञ्जली पालन र अन्य कार्यकर्ताले दर्ता गराएका हुन्", उनले भने, "केही सातायता हामीलार्इ सन्नीले अश्लिलता फैल्याएकोबारे दर्जन बढी गुनासा आइसकेका छन् । तर पुलिसले अहिलेसम्म कारबाही अघि बढाएको छैन ।"
वेबसाइटमा नांगो तस्वीर देखाएको आरोप

सन्नी लियोनीमाथि आफ्नो वेबसाइटमार्फत नाङ्गा र भड्किला तस्विर राखेर अश्लिलतालार्इ बढावा दिने काम गरेको आरोप लागेको छ ।
सन्नीका कारण भारतीय युवाहरु गलत बाटोमा हिँडिरहेको जनाउँदै एचजेएसले भारतीय महिलाको पनि अपमान भइरहेको आरोप लगाएको छ । एचजेएसले सन्नीको वेबसाइटमा प्रतिबन्ध लगाउन पनि माग गरेको छ ।