सिके रावतसंग पहाडतिरको नेपालीहरु किन यति धेरै आक्रोशित भएको होला ?
एकछिन ठन्डा दिमागले सोची हेरौं सिके रावतले जाबो एउटा लेख लेख्दैमा वा मुखले बोल्दैमा पहाडको मान्छे तराई बसाई सरे गृहयुद्ध हुने हो र ? अनि के सिके रावतले चहादैमा वा भिजन बनाउदैमा नेपालबाट तराई टुक्रेर अलग देश बनिहाल्ने हो र ?
त्यसो हुने भए म पनि चिच्याइ चिच्याइ भन्छु र लेख्छु यदि संघीय नेपालमा ताम्सालिङ स्वायत्त प्रदेश भएन भने गृहयुद्ध हुन्छ । यदि नेपालमा ताम्सालिङ भएन भने प्रस्तावित ताम्सालिङ भुभाग नेपालबाट अलग पारेर छुट्टै देश बनाउछु । यदि कसैले पहाडको तामाङ बस्तिहरु तराईमा सारेर पहिचान सहितको संघीयताको आधार भत्काउने कार्य गर्छ भने भोलि नै नेपालमा गृहयुद्ध हुन्छ ।
मैले यस्तो बोले लेखे भन्दैमा कसैको हिम्मत छ मेरो नेपाली नागरिकता खोसेर मलाई देश निकाला गर्ने ? नेपालको सम्बिधानको कुन चाहि धारामा स्वतन्त्र बिचार राख्दा नागरिकता खोसेर देश निकाला गर्ने प्रबधान छ ?
नेपालीहरु यति बुद्दु छन् कि कसैले चहादैमा देश टुकृने हैन अनि कसैले भन्दैमा गृहयुद्ध पनि हुँदैन भन्ने सामन्य कुरा समेत बुझ्न सक्दैन । यति बुझ्न नसकेर सिके रावतलाई धोती भन्दै गाली दिदै नागरिकता खोसेर देश निकाला गर्नु पर्यो भन्न थालेका छन् । यहाँ सम्म कि प्रचण्ड पुत्र प्रकाश दहालले समेत त्यस्तै भन्न थालेछन मानौं कि सिके रावतले ठूलो राज्यद्रोह नै गरे जस्तो ।
लोकतन्त्र भनेको के हो एक पटक नेपालीहरुले राम्रोसँग सिक्नु पर्ने देखिन्छ किनकी लोकतन्त्रमा वाक स्वतन्त्रताको अर्थ धेरै नेपालीलाई थहा छैन रहेछ । चाहे सिके रावतले बोलोस चाहे हामी जुनसुकै नेपालीले बोलोस आफुलाइ लागेको आफ्नो स्वतन्त्र बिचार खुलेर बोल्न पाउछ अनि त्यसलाई समर्थन गर्ने या नगर्ने त्यो सुन्नेहरुको पनि स्वतन्त्र अधिकार हो । यहि नै हो लोकतन्त्र भनेको । सिके रावत बन्दुक बोकेर राज्य बिरुद्ध खडा भएको आतंककारी हैन , सिके रावत त शान्तिपूर्ण तरिकाले आफ्नो बिचार र भिजन तराई मधेसको जनता सामु राखेर जनताको मन जितेर मात्र जितिने लडाइ लडिरहेको ब्यक्ती हो त्यसैले उनलाई नानाथरी गाली दिएर आफू मात्र सच्चा नेपाली दाबी गर्नुभन्दा बरु सिके रावत जन्मिनुको कारक तत्वलाइ चाहिँ पहिचान गरेर निमिट्यान्न पार्नु आजको आवश्यकता हो ।
सिके रावत एउटा रोग हो जुन रोग जन्माउने किटानु वा भाइरस अहिलेसम्म चल्दै आएको एकात्मक केन्द्रीकृत एकल जातिय बाहुनबादी राज्य सत्ता हो त्यसैले यो राज्य सत्तालाई जरैदेखि उखेलेर नफालेसम्म अर्को सिके रावत जन्मिन सक्ने सम्भावना पनि निकै छ । सिके रावत प्रवृत्तिलाई गालि दिएर वा निषेधको रणनीति अपनाएर हैन वार्ता र सम्बादबाट संघीयता मार्फत सम्झौतामा पुग्ने बाटो अपनाउनु पर्छ । यसमा राज्यको भुमिका प्रमुख हुनुपर्छ भने आम नेपाली जनताले सकारात्मक भुमिका खेल्नुपर्छ । सहि बाटोबाट समस्याको समाधान नखोजी खाली धोती धोती भनिरहने हो भने भबिस्यमा यसको परिणाम नराम्रो हुन सक्छ ।