News
»
गगन थापासहित युवा स्वयंसेवीले नुवाकोटमा अस्थायी घर निर्माण गर्ने
गगन थापासहित युवा स्वयंसेवीले नुवाकोटमा अस्थायी घर निर्माण गर्ने
काठमाडौं, जेठ १ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवा स्वयंसेवीसहित मिलेर नुवाकोटको कुमारीमा अस्थायी घर निर्माण गर्ने भएका छन् ।
थापाले दिएको जानकारी अनुसार कुमारीमा ४५ वटा घर निर्माण गर्ने र थप २० घरका लागि जस्ता र बाँस उपलब्ध गराउने योजना बनाइएको छ । अस्थायी घर निर्माण गर्नका लागि थापासहितको टोली आजै त्यस स्थानतर्फ प्रस्थान गर्नेछ । ईन्जीनियरहरुले प्रारम्भिक अध्ययन गरेपश्चात आज ४५ जनाको टोली कुमरीमा जान लागेको हो भने भोली ४० जना युवाहरू थप त्यहाँ पुग्नेछन् । ‘यसका लागि चाहिने जस्ता र वाँस एवं अन्य सामाग्री केहि हामीले जुटाएका छौं भने केहि देशका विभिन्न ठाँउवाट पार्टीका साथीहरूले उपलव्ध गराउनु भएको छ । स्थानीयवासीले काठ उपलव्ध गराउनुभएको छ । स्थानीयवासी र यूवा साथीहरूको संयुक्त स्वयंसेवी श्रमदानमा हामी घर निर्माण गर्ने छौं,’ थापाले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘हामी घर निर्माण गरेर मात्र कुमरीवाट फर्कने छौं । यो पार्टीका साथीहरूको स्वयंसेवी अभियान हो,’ थापाले भनेका छन्, ‘ देशको अन्य क्षेत्रमा यसरी नै भूकम्प प्रभावित जिल्लाका लागि अन्य जिल्लावाट स्वयंसेवी रुपमा एउटा गाँउ निर्माण गर्ने अभियान थाल्ने हो भने अस्थायी ओत निर्माण गर्न सहज हुनसक्छ भन्ने मेरो वुझाई हो ।’
प्रतिक्रिया दिनुहोस्...