बुधबार दिउँसो भूकम्पको अर्को धक्का
फोटो :फाइल फोटो
काठमाडौं : बुधबार दिउँसो काठमाडौं उपत्यकामा भूकम्पको कडा धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर १७ मिनेटमा केही सेकेन्ड कडा धक्का महुस भएको हो ।
सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४.५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यसअघि मध्यान्ह १२ बजेर ३ मिनेटमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ। मंगलबार राति १० बजेर ५२ मिनेटमा हावाहुरी चलिरहेकै बेला ५ म्याग्निच्यूटको भूकम्प गएको थियो ।