ठगीको आरोपमा लक्ष्मण थारु पक्राउ
१२ जेठ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु ठगीको आरोपमा पक्राउ परेका छन् ।
उनले पाल ल्याउन शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए । तर, पाल नल्याएपछि संघले गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगीको मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहँदा थारुले सोमबार त्रिपाल ल्याइदिएका छन् ।
महानगरीय प्रहरी वृत्त गौशलाका अनुसार पक्राउ थारुले सोमबार शेर्पा संघलाई पाल उपलब्ध गराएका छन् र दुबै पक्षबीच मिलापत्र भएको छ ।
तर, अदालतमा मुद्दा चलिरहेकाले थारु अहिले पनि प्रहरी हिरासतमा छन् । उनको मुद्धा बुधबार टुङ्गनिे सम्भावना छ ।