नेपालमा भएको हेलिकप्टर दुर्घटनाबारे ओवामाको यस्तो सन्देश(भिडियो)
६ जना अमेरिकी मरीन तथा २ जना नेपाली सैनिकको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकोमा अमेरिकी राष्ट्रपति वाराक ओवामाले दुःख तथा समवेदना प्रकट गरेका छन्।
भूकम्पमा परेकालाई उद्धार गर्नेक्रममा अमेरिकाबाट नेपाल पुगेका अमेरिकी मरिनसहित २ नेपाली सैनिक चढेको हेलिकप्टर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। फेटरनल अर्डर अफ पुलिसले गरेको समवेदनामा बोल्दै ओवामाले भूकम्पमा परेकालाई उद्धार गर्ने क्रममा नेपाल पुगेर ज्यान गुमाएका अमेरिकी मरीन तथा नेपालका सेनाका परिवारलाई सम्झेका हुन्। ‘उद्धारका क्रममा नेपालमा पुगेर ज्यान गुमाएका अमेरिकी मरीन तथा २ जना नेपाली सेनालाई समवेदना ब्यक्त गर्न चाहन्छौँ’, ओवामाले भनेका छन्। हेर्नुहोस् भिडियो सन्देश-