कांग्रेसले भूकम्पपीडितका लागि एक करोड सहयोग गर्ने


काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसले भूकम्पपीडितहरुका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

नेपाली कांग्रेस महाभूकम्प राहत उद्दार समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी भूकम्पपीडितलाई कम्तिमा एक करोड रुपैयाँ सहयोग गर्ने जानकारी दिएको हो ।

कांग्रेसले सिंहदरबारस्थित बाणिज्य बैंकको खाता नम्बर ११३०००३७६३०१ मा रकम संकलन

गर्ने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा समितिका संयोजक कांग्रेस उपसभापति रामचन्द्र पौडेलले कार्यकर्ताहरुलाई पीडितहरुको उद्दारमा जुट्न निर्देशन दिए ।

उनले सिंहदरबारस्थित राष्ट्रिय बाणिज्य बैंकको खातामा आफूले सकेको रकम जम्मा गर्न कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रहसमेत गरे । 




प्रतिक्रिया दिनुहोस्...