राहतका नाममा भ्रष्ट्राचार गर्नेलाई जेल हालिन्छ: प्रधानमन्त्री
काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुलाई राहत, पुर्नस्थापन र पुर्ननिर्माणमा भ्रष्ट्राचार गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय सहकारी संघ लि.का तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइएको सहयोग रकम ग्रहण गर्ने क्रममा उनले आज यस्तो चेतावनी दिएका हुन् ।
justify;">महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैया योगदान गरेको छ । बिहिबार बिहान प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रम संघका अध्यक्ष माननीय केशव बडालले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालीमा एकर्कालाई विपद् पर्दा गाँस काटेर सहयोग गर्ने सुसंस्कार रहेको उल्लेख गर्दै भूकम्पले मुलुकमा ल्याएको विपद्को सामना गर्न संघ लगायत नेपाली संस्थाहरुले उदार हृदयले गरेको सहयोगको प्रशंसा गरे ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले पीडितहरुका लागि आएको राहतको रकम खानु अपराध हो भनेका थिए । उनले राहत वितरणमा निश्पक्षता कायम राख्न सम्बद्ध अधिकृतहरुलाई निर्देशन दिइसकेको उनले उल्लेख गरे ।
सो अवसरमा राष्ट्रिय सहकारी संघको समन्वयमा इण्डियन फार्मर्स फर्टिलाइजर्स लिमिटेडले संकलन गरी पठाएको २ करोड रुपैया बराबरको राहत सामग्री गोर्खा सिन्धुपाल्चोक र काभे्रपलाञ्चोक जिल्लामा वितरण भैसकेको जानकारी पनि दिइएको थियो ।