दक्षिण कोरियामा हृदय घात भएर नेपालीको निधन


इपिएस मार्फत दक्षिण कोरियामा कार्यरत एक नेपाली पुरुषको हृदयघातका कारण निधन भएको छ ।

ताप्लेजुङ घर भएकी ३३ वर्षीय मोतीलाल आङ्देङ्वे लिम्बुको निधन भएको हो । उनी साढे २ वर्ष अघी कोरिया गएर नाम्येङ सागरीस्थित एक आल्मुनियम कम्पनीमा कार्यरत थिए ।

हिँजो राति ९ बजे सुतेका उनी विहान मृत भेटिएका थिए । विहान काममा जानका लागि साथीहरुले उठाउन खोज्दा उनी शरीर निलो भएको अवस्थामा मृत फेला परेपछि प्रहरीमा खवर गरिएको थियो ।

प्रहरीले उनलाई हृदय घात भएको अनुमान गरेको छ । उनको मृत्युको विषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...