शनिवार विहान साढे ९ सम्म ७ धक्का


कााठमाडौं, जेष्ठ २ । बैशाख १२ गतेको भूकम्पपछि अझैसम्म पनि लगातार पराकम्पन जाने क्रम जारी छ । शनिवार विहान १२ बजेयता विहान साँढे ९ बजेसम्ममा सात पटक पराकम्पन गइसकेको छ ।
पछिल्लो पटक विहान ९ः३५ मा ललितपुर र मकवानपुर केन्दविन्दु भएर ४ दशमलब २ म्याग्निच्यूडको पराकम्प गएको छ ।
त्यस्तैशनिवार विहान ९ः२४ मा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्प महशूस गरिएको छ ।
त्यसअघि ६ः३१ मिनेटमा गोर्खा र धादिङ केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको पराकम्पको गएको हो ।
त्यस्तै ६ः११ मा नुवाकोटमा चार म्याग्निच्यूड, ४ः३८ मा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १, ४ः२८ मा दोलखामै ४ दशमलव १ तथा २ः१५ मा गोरखा केन्द्रबिन्दू भएर ४ म्याग्नेच्यूडको पराकम्पको धक्का महशूस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्...