१९४ जना सवार विमानमा उडिरहेकै बेला पावर अफ


सिंगापुर एयरलाइन्सको एक विमान उडिरहेको समयमा पावर अफ भएपछि यात्रुहरु त्रसित र आतंकित हुन पुगेका छन् । चीनको सांघाइतर्फ जाँदै गरेको उक्त विमानमा एक्कासी आकाशमै पावर अफ हुन पुगेको सिंगापुर एयरलाइन्सले जनाएको छ ।

सिंगापुरको च्याङ्गी विमानस्थलबाट सांघाइका लागि उडेको विमान ३९ हजार फिटको उचाइमा रहेको समयमा यस्तो घटना भएपछि छानविन शुरु गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एयरबसमा रहेका २ वटै इन्जिनमा केही समयका लागि पावर बन्द भएपछि पाइलटहरु अक्क न बक्क भएका थिए । मौषमका कारणले यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । विमानमा १८२ जना यात्रु र १२ जना चालकदलका सदस्य थिए । विमान सुरक्षितरुपमा सांघाइ पुगेको पनि सिंगापुर एयरलाइन्सले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्...