आफैंलाई चुनाव हराउने मतदाताका घर पुगेर प्रचण्डले भने, ‘हामी छौं, नआत्तिनुस्’


काठमाण्डु, १८ वैशाख–एमाओेवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाण्डुको कीर्तिपुरस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।

वरिष्ठ नेता बाबुराम भट्टराई र नेता जनार्दन शर्मासहित केही कार्यकर्ताका साथ प्रचण्ड शुक्रबार बिहानै कीर्तिपुर पुगेका थिए ।


उनले भूकम्पबाट अतिप्रभावित कीर्तिपुर १४ र १५ नम्बर वडाका सर्वसाधारणसँग साक्षात्कारसमेत गरेको स्वकीय सचिव चुडामणि खड्काले जाकनारी दिए । खड्काका अनुसार भूकम्प प्रभावितले सरकारी राहत नपाएको भन्दै पहल गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए ।

जवाफमा उनले प्रमुख विपक्षीको हैसियतमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकार गम्भीर नभएको बताए । अझैसम्म सरकारसँगको समन्यवमा राहतको काम गर्न चाहेको भन्दै उनले सरकार गम्भीर नभए आफूहरु नयाँ ढंगले अघि बढ्ने उल्लेख गरे ।

‘साधन श्रोत, जनशक्ति र राज्यको ढुकुटी सरकारसँग छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै खड्काले भने, ‘यस्तो बेलामा सरकारले आफ्नो उपस्थिति देखाउनुपर्नेमा हामीले पटकपटक ध्याकनाकर्षण गराउँदासमेत गम्भीरता देखिएको छैन ।’ उनले राहत तथा उद्धारमा आफ्ना कार्यकर्तासमेत परिचालित भएको जानकारी गराए ।

सिंगो मुलुक शोकमा रहेको भन्दै धैर्यधारण गर्न उनको आग्रह थियो । प्रचण्ड दोश्रो संविधानसभा निर्वाचनमा काठमाण्डु १० मा पर्ने कीर्तिपुर क्षेत्रबाटै पराजित भएका थिए ।
kathmandutoday.com




प्रतिक्रिया दिनुहोस्...