दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमतीलाई पिसाब खुवाइयो
बैशाख २३ गते बुधबार कुटपिट गर्दै श्रीमान्ले करेन्ट लगाएर मार्ने प्रयास गरेको तर करेन्ट नभएको कारण आफनो ज्यान जोगीएको सञ्चारकर्मीहरुसामु रुदै पिडित शुशिलाले बताइन ।माइतबाट दाइजोमा अपाचे मोटरसाइकल र चोकमा रहेको घडेरी मागेर नल्याएको भन्दै आफूलाई पटक–पटक यातना दिइएको सुशीलाले संचारकर्मीहरूलाई बताएकी छन् । कुटपीट गरेर दाइजोमा मोटरसाइकल नल्याएको भन्दै ‘तै हो मेरो मोटरसाइकल भनेर जबर्जस्ती पिसाब पिलाएर आफूलाई यातना दिएको पीडितले बताएकी छन् ।